२०७८ कार्तिक २ गते मङ्गलवार
२०७८ कार्तिक २ गते मङ्गलवार

रूपन्देहीमा ३ वटा ट्रक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु

१४ माघ, बुटवल । रूपन्देहीमा ३ वटा ट्रक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

भैरहवाबाट परासीतर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक परासीदेखि भैरहवातर्फ आउँदै गरेको ना २ ख ८४८१ र ना ५ ख ७८५६ नम्बरको ट्रकमा मंगलबार बिहान ठोक्किँदा ३ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, रूपन्देहीले दुर्घटनाको पुष्टि गर्दै ३ जनाको घटनास्थलमै ज्यान गएको जनाएको छ । मृतक कसैको पनि सनाखत भएको छैन । दुर्घटनामा ९ जना घाइते भएका छन् । यीमध्ये ४ को अवस्था गम्भीर छ । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका इन्स्पेक्टर केशव ज्ञवालीले जानकारी दिए ।

बाक्लो हुस्सु र कुहिरोले दुर्घटना भएको अनुमान गरिए पनि खुलेको छैन ।