२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

भौतीक पूर्वाधारमा सहयोग गर्ने सांसद वलीको प्रतिबद्धता

दाङ, १४ माघ । प्रदेश सभा सांसद विमला वलीले सामुदायीक विद्यालयको शैक्षीक अवस्था सुधारका लागि शिक्षक र अभिभावक जिम्मेवार हुनुपर्ने बताएकी छिन् । पछिल्लो समय सामुदायीक विद्यालय खस्कदै गएको अवस्थामा सबै तहबाट लाग्नुपर्ने उनको धारण थियो । सांसद वलीले भनीन “स्थानीय सरकार आईसकेपछि सामुदायीक विद्यालयको अवस्था केहि मात्रामा सुध्रिदै गएको छ । थप यसको ब्यवस्थापनका लागि भौतीक पूर्वाधारका लागि मैले आर्थीक रुपमा गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्न चाहन्छु । ” तुलसीपुर उपमहानगरपालीका वडा न. २ मा रहेको रतननाथ बाल प्रावि पोटलीको सोमबार सम्पन्न साधारण सभालाई सम्बोधन गर्दै सांसद वलीले यस्तो बताएकि हुन् ।

यस्तै सांसद वलीले बबई गाउँपालिका झारगजेरीमा निर्मीत शिव माया मन्दिरको उद्घाटन गरेकि छिन् । उनले एक कार्यक्रमका बिच रिवन काटेर मन्दिरको उद्घाटन गरेकि हुन् । बुझौना चौधरीको ब्यक्तिगत र केहि जनश्रमदानबाट निर्माणाधिन मन्दिरको उद्घाटन गर्दै सांसद वलीले मन्दिरको पर्खाल निर्माण देखि अरु भौतीक निर्माणका लागि थप आफनो तर्फबाट सहयोग गर्ने बताईन् ।

यसैबिच सांसद वलीले सीँचाईको समस्या भएको गुनासो सुनेपछि पोटली र कुमलगडि जोड्ने कुलोको अध्ययन अवलोकन गरेकी छिन । सिँचाई बाट बञ्चित रहेको भन्दै पोटलीबासीहरुले गुनासो गरेपछि भत्कीएको कुलोको ड्याम बाँध्ने र सिँचाई प्रक्रियालाई सुचारु गर्ने कार्यलाई अगाडि बढाउन आग्रह गरिन ।