२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

७७ करोड लागतको स्वर्गद्धारी बिमानस्थल निर्माण प्रक्रिया सुरु

प्युठान, १४ माघ । पाँच वर्षयता चर्चामा रहेको स्वर्गद्धारी विमानस्थल निर्माण प्रक्रिया अघि बढेको छ । लामो समयदेखी चर्चामा रहँदै आएको स्वर्गद्धारी बिमानस्थल निर्माणका लागि डिपीआर निर्माण सुरु भएको छ ।

प्युठानको स्वर्गद्धारी नगरपालिका वडा नंम्बर ८ बर्जिवाङमा पर्ने चाल्नेटारमा विमानस्थल बनाउनका लागि माघ १३ र १४ गते उक्त स्थानको सर्वेको काम भएको छ ।

प्रसिद्ध धार्मीक पर्यटकिय स्थल स्वर्गद्धारीलाई लक्षित गर्दै विमान स्थल निर्माणको प्रस्ताव अघि बढेकाले स्वर्गद्धारीको विकास र व्यावसायिक क्रियाकलापमा समेत टेवा पुग्ने यहाँका सरोकारवालाहरू बताउँछन् । १ हजार २ सय ५० मिटर लम्बाइ र चौडाइ ३० मिटर रहनेछ विमान स्थल निर्माणमा प्रस्तावित लागत ७७ करोड छ । आयोजना निर्माणले चाल्नेटारका २० घरधुरी प्रत्यक्ष रूपमा विस्थापित हुनेछन् ।