शरद रेग्मी, तुलसीपुर १४ माघ । दाङको तुलसीपुरमा जारी महोत्सवको पाँचौ दिन मंगलवार पनी उस्तै भिडभाड रहेको छ । दैनिक उत्साहजनक उपस्थीती रहेको महोत्सवमा आज पनी अघिल्ला दिन जस्तै भिडभाड रहेको हो । दैनिक जसो दर्शकहरुको उपस्थीतिले आयोजकलाई भने हौसाएको छ । निमार्णाधिन सभाहलको निमार्ण कार्य पुरा गर्ने अठोट लिएर शुरु गरिएको महोत्सवमा दर्शकहरुको दैनिक जसो उल्लेख्य उपस्थीतिले सभाहल निमार्ण हुनेमा आयोजक ढुक्क भएको छ ।
आज महोत्सवमा हेमन्त शर्माले दर्शकहरुलाई झुमाएका थिए । उनले गाएका मुल हौ भने रसाईदेउ, थाप न थाप मा हातैमा लगाएतका गितले महोत्सवमा आएका दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए । त्यस्तै गरि मंगलवार कमल गाउँले, पुजा पुरी, सरु वोहरा, गोपाल नेपाल जिएम लगाएतका कलाकारहरुले आफ्नो प्रस्तुति राखेका थिए ।