२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

तुलसीपुर महोत्सवमा हेलिकप्टर यात्रा शुरु

तुलसीपुर, १४ माघ । तुलसीपुर महोत्सवमा आज देखि हेलिकप्टर यात्रा पनि शुरु भएको छ । नेपाल भ्रमण वर्ष २०२० मनाईरहँदा आन्तरिक पर्यटनलाई टेवा पु-याउने उद्देश्यले हेलिकप्टरको यात्रा शुरु गरिएको आयोजक तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिर बहादुर रावत विरुले जानकारी दिनुभयो ।

हेलिकप्टर यात्राको उदघाटन दाङका प्रमुख जिल्ला अधिकारि गोविन्द प्रसाद रिजालले गर्नु भएको छ । हेलिकप्टर यात्राको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी रिजालले हेलिकप्टर यात्राले आन्तरिक पर्यटनलाई सहयोग पुग्ने दाबी गर्नुभयो । हेलिकप्टर मार्फत दाङ सहित छिमेकी जिल्लाहरुको पर्यटकिय स्थलहरुको अवलोकन हुने भन्दै त्यसले भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने पनि उहाँले वताउनु भयो ।