२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

उपमेयर कप छात्रा भलिबलको उपाधी पद्मोदयलाई

घोराही, १४ माघ । घोराही उपमहानगरपालिकाले आयोजना गरेको प्रथम उपमेयर कप बिद्यालय स्तरिय छात्रा भलिबल प्रतियोगीताको उपाधि पद्मोदय पब्लिक नमुना माबि भरतपुरले जितेको छ । पद्मोदयले गोर्खा माबि घोराहीलाई ३—१ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । गएको पुस २७ गतेदेखि सुरु भएको भलिबल प्रतियोगीताको आज भरतपुर मैदानमा फाईनल खेल भएको हो ।

गोर्खा र पद्मोदय विचमा भएको पहिलो खेलमा २५—१५, दोस्रो खेलमा पद्मोदय र गोर्खाको २५—१४, तेस्रोमा २५ — १८ र चौथो खेलमा २५ — १४ अंक ल्याउदै पद्मोदयले उपमेयर कप भलिवलको उपाधि जितेको छ । प्रतियोगीतामा ज्ञानसिन्धु माबिलाई हराउँदै पद्मोदयले फाइनलको यात्रा गरेको थियो भने गोर्खाले माबि रझेनालाई हराउँदै फाइनलको यात्रा गरेको हो । प्रथम भएको पद्मोदयले नगद ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।