घोराही, १४ माघ । घोराही उपमहानगरपालिकाका महिला जनप्रतिनिधी, राजनितिकर्मी नेतृ र महिला पत्रकारहरु बिच आज मैत्रीपूर्ण भलिबल खेल भएको छ । भलिबल खेलमा जनप्रतिनिधी महिलाले जित हाँसिल गरेका छन् ।
जनप्रतिनिधी र पत्रकारहरु बिच भएको पहिलो खेलमा २५—शून्य र दोस्रो खेलमा २५ — ९ अंकले जनप्रतिनिधी महिलाहरु विजयी भएका हुन् । जनप्रतिनिधीहरुको तर्फबाट घोराही उपमहानगरपालिकाकी उपप्रमुख सीता सिग्देल न्यौपाने र पत्रकारहरुको तर्फबाट पत्रकार महासंघका उपाध्यक्ष लिला शाहको नेतृत्वमा खेल भएको हो ।