२०८२ बैशाख ३१ गते बुधवार
२०८२ बैशाख ३१ गते बुधवार

तुलसीपुर महोत्सवमा आज रमेशराज भट्टराई र टिका पुन

तुलसीपुर, १५ माघ । तुलसीपुर उद्योग वाणिज्य संघले निमार्ण शुरु गरेको सभाहलको निमार्ण कार्य सम्पन्न गर्ने उदेश्यले आयोजना गरेको तुलसीपुर महोत्सवमा दैनिक दर्शकहरुको बाक्लो उपस्थीती बढ्दै गएको छ । जारी महोत्सवमा आज वुधबार रमेशराज भट्टराई, टिका पुन, सन्दीप न्यौपाने, सन्जीता पाण्डे, लगाएतका कलाकारहरुको प्रस्तुति रहने महोत्सवका सांस्कृतिक उपसमितीका संयोजक ललितजंग शाहले जानकारी दिनुभएको छ ।

महोत्सवमा दैनिक योग व्यायाम समेत हुने गरेको छ । पतञ्जलि योग समिति तुलसीपुरको आयोजनमा दैनिक योग शिविर भै रहेको छ । योग गर्न ईच्छुक व्यक्तिहरुलाई विहान हुने योग शिविरमा सहभागि हुन आयोजक तुलसीपुर उद्योग बाणिज्य संघले सवैलाई आग्रह गरेको छ ।