२०८१ माघ २७ गते आइतवार
२०८१ माघ २७ गते आइतवार

शान्तिनगर गाउँपालिकाको गाउँसभा सुरु

शान्तिनगर, १५ माघ । शान्तिनगर गाउँपालिकाको ७औं गाउँसभा मंगलबारदेखि शान्तिनगर गाउँपालिकाको कार्यालय चिराघाटमा सुरु भएको छ ।

गाउँसभामा कृषि विकास विधेयक तथा स्वास्थ्य नीतिको प्रस्ताव समाजिक विकास समितिका संयोजक तथा वडा नं.४ का वडाध्यक्ष धनबहादुर के.सी.ले पेश गरेका थिए भने गाउँपालिकाको तथ्याङ्क तथा अभिलेख व्यवस्थापन विधेयक, पूर्वाधार विकास व्यवस्थापन सम्बन्धी विधेयक, त्यसैगरी गाउँपालिकाको स्वास्थ्य ऐन, स्थानीय वन ऐन, र संस्था दर्ता विधेयक, विधायन समितिका संयोजक रवि बुढाथोकीले प्रस्ताव पेश गरेका थिए ।

प्रस्तावित विधेयकमा दफावार छलफल सुरु भएको छ । त्यस्तै आर्थिक बर्ष २०७६/०७७ को विनियोजित बजेट तथा कार्यक्रम माथि पनि संशोधन गरिने शान्तिनगर गाउँपालिका प्रेस सल्लाहाकार निराश पाण्डेले जानकारी दिए । विनियोजित बजेट तथा कार्यक्रम संशोधनका लागि १ देखि ७ नम्बरसम्का वडा र स्वास्थ्य शाखाले पनि प्रस्ताव अघि सारेको छ ।