२०८१ माघ २४ गते बिहिवार
२०८१ माघ २४ गते बिहिवार

घोराही उपमहानगरले आज आफ्नो स्थापना दिवस मनाउँदै

घोराही, १५ माघ । घोराही उपमहानगरपालिकाले आज आफ्नो ४२औँ स्थापना दिवस मनाउने भएको छ । दिवसमा अबसरमा एक औपचारीक कार्यक्रम सँगै विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान, पुरस्कृत र शुभकामना आदानप्रदानको कार्यक्रम आयोजना गरिएको उपमहानगरले जनाएको छ । बिहान ११ बजे नगरकै सभाहलमा कार्यक्रमको आयोजना गरिएको उल्लेख छ । स्थापना दिवसका अबसरमा उत्कृष्ठ टोल विकास संस्था, उत्कृष्ठ कर्मचारी, एक सय बर्ष पुरा गरेका जेष्ठ नागरिकलाई सम्मान तथा पुरस्कृत गर्ने कार्यक्रम रहेको सूचना अधिकृत भीमबहादुर चौधरीले जानकारी दिए ।

त्यस्तै नगरको विकासमा भूमिका खेल्ने ३ जना पत्रकार, कला सहित्यमा योगदान पु¥याउने स्रष्टा, खेल क्षेत्रमा योगदान पु-याउने खेलाडी, उत्कृष्ठ अंक ल्याउने विद्यार्थीहरु पनि सम्मान तथा पुरस्कृत गर्ने कार्यक्रम रहेको छ । साथै उपहानगरले कार्यक्रममा उपस्थितीका लागि राजनितिक दल, टोल विकास संस्था, सरकारी कार्यालयका प्रमुख, संघ संस्था, आमा समुह, महिला स्वास्थ्य स्वयसेविका, नगरका पूर्ब जनप्रतिनिधी, पूर्ब कर्मचारीहरु अनुरोध गरेको छ ।