२०७७ असोज १२ गते सोमवार
२०७७ असोज १२ गते सोमवार

शान्तिनगरको मदरशा प्राविमा निःशुल्क स्वास्थ्य शिविर

शान्तिनगर, १५ माघ । पश्चिम दाङको शान्तिनगर गाउँपालिका वडा नं. २ अमुवामा अवस्थित मदरशा ज्याउल उलम प्रा.वि. मा आज निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । तुलसीपुर स्थित पाल्पाली पोलिक्लिनि प्रा.ली र मुस्लिम समुदायको प्राबिधिक सहयोग तथा हेरा शैक्षिक तथा मानविय सेवा समाजको व्यवस्थापनमा उक्त शिविर भएको हो । शिविरमा १५० जना बढीले निःशुल्क सुगर तथा मृगौला परिक्षण गरेका थिए ।

साथै सोही उक्त स्थानकै अम्बिकेश्वरी आधारभुत विद्यालयका विद्यार्थीहरुबीच स्वास्थ्य सम्बन्धी प्रश्नहरु राखी हाजीरीजवाफ प्रतियोगीता पनि भएको थियो ।