दाङ, १५ माघ । प्रदेश ५ सरकारले दाङको एक विद्यालयमा स्टाफ नर्स राख्ने भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले दाङको राजपुर गाउँपालिकाको शिवशक्ति माविमा एकजना स्टाफनर्स राख्ने भएको हो ।
बिद्यालयमा बालबालिका तथा किशोरीहरुको स्वास्थ्य ब्यबस्थापन साथै महिनामारी स्वास्थ्यका लागी सरकारी माध्यामिक बिद्यालयमा स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रमका लागी स्टाफ नर्स राख्ने निर्णय गरेको हो । साथै प्रदेश नं. ५ भित्रका आठ विद्यालयमा ८/८ जना स्टाफ नर्स राख्ने भएको छ ।
निर्देशनालयले एक सुचना प्रकाशित गरि १५ दिन भित्र दर्खास्त दिन आग्रह गरेको छ । प्रदेश ५ भित्रका सरकारी बिद्यालयमा यो सेवा दिने कार्यक्रम अनुसार नर्स माग गरिएको निर्देशनालयले जनाएको छ ।