२०७९ फाल्गुन ३० गते मङ्गलवार
२०७९ फाल्गुन ३० गते मङ्गलवार

सवारी दुर्घटनामा श्रीमान र श्रीमतीको मृत्यु

१५ माघ । धनुषामा सवारी दुर्घटना हुँदा श्रीमान र श्रीमतीको मृत्यु भएको छ । धनुषा जिल्लाको गनेशमान चारनाथ नगरपालिका वडा नं. ६ गोदारमा बा ६४ प ३०४७ नम्बरको मोटरसाइकल र से १ च १८५८ नम्बरको भ्यान ठोक्‍किदा श्रीमान श्रीमतीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलमा सवार श्रीमान श्रीमतीको मृत्यु भएको र उनीहरुका एक छोरा घाइते भएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । गणेशमान चारनाथ ४ का ५० वर्षीय जोगेन्द्र साह र उनकी श्रीमती ४० वर्षीया प्रमिला साहको मृत्यु भएको छ भने उनका १० वर्षीय छोरा जोनकुमार साह सामान्य घाइते रहेको धनुषा प्रहरीले जनाएको छ ।