काठमाडौं, १५ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) संसदबाट छिटो अनुमोदन गर्नुपर्ने बताएका छन्।
बुधबार नेकपाको केन्द्रीय कमिटी बैठकको उदघाटन समारोहमा बोल्दै अमेरिकाको सहयोग र नेपालको लगानीमा आयोजना बन्ने भएकाले संसदबाट छिटो अनुमोदन गर्नुपर्ने बताएका हुन्।
अमेरिकासँग तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा २०७४ साल भदौ २९ गरिएको (एमसिसी) सम्झौता भएको ओलीले बताए। प्रधानमन्त्री ओलीले पाँच वर्षे सम्झौताको कतिपय बुँदामा प्रश्न उठे पनि यसलाई कार्यान्वयन गर्नाको विकल्प नभएको बताए।