२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

दुबईमा निधन भएका सोमराजको परिवारलाई आर्थिक सहयोग

बबई, १५ माघ । दाङको बबई गाउँपालिका वडा नं. ५ बबरपुर निबासी सोमराज वली रोजगारीको शिलशिलामा २ वर्ष पहिले दुबई गएका थिए । उनी त्यहाँ गएपछि विल्डीङ कन्ट्रक्सनमा काम गर्न सुरु गरे । उनले उक्त काम निरन्तर रुपमा गरिरहेको थिए । वली बिदेश गएको करिब १३ महिना पछि उनकी श्रीमती खिमा वली रुखमा घाँस काट्ने क्रममा रुखबाट लडेर उनको आधा शरिर मात्र चल्ने भयो । सोमराजले यो खबर सुनेपछि श्रीमतीलाई पुर्ण रुपमा उपचार गर्ने पैसा जम्मा गरेर मात्र घर फर्कने निधो गरे । तर उनको त्यो सपना पुरा हुन पाएन । उनी यहिँ माघको १२ गते आफ्नो कार्यस्थलमा काम गर्ने क्रममा लडेर गम्भीर घाईते भए, र उनको उपचारको क्रममा निधन भयो ।

अहिले बबई गाउँपालिका वडा नं. ५ स्थित सोमराजको घरमा परिवार निकै पिडामा छ । श्रीमतीको शारिरीक बिरामी उस्तै छ भने बिरामी अवस्थामा आफ्नो सहारा श्रीमान गुमाउनुको पिडा छुट्टै छ । यस्तो अवस्थामा वलीको घरपरिवारलाई आफूले सक्दो सहयोग गरेर उनको परिवारमा थोरै भएपनि सहजता होस भनेर केहि व्यक्तिहरुले आर्थीक सहयोगको हात अगाडी बढाएका छन् । जसमध्ये बबई–३ निबासी प्रशान्त बस्नेतले रु.३५००, बबई–३ निबासी नेब बहादुर खड्काले रु.२०००, बबई–२ निबासी प्रेम के.सीले रु. २०००, बबई–२ निबासी एकलाल के.सीले रु.१०५० सहयोग गरेका छन् ।

सोमराज वलीको घरपरिवारलाई थप सहयोग गर्ने इच्छुक व्यक्तिहरुले वलीको श्रीमतीको नाममा नेपाल बंगलादेश बैंक, हापुरेमा रहेको खाता नं. ०६४००३७११S मा पनि सहयोग रकम जम्मा गर्न सक्नेछन् ।