२०८१ माघ २९ गते मङ्गलवार
२०८१ माघ २९ गते मङ्गलवार

तुलसीपुर महोत्सवमा गायिका टिका पुनको बेजोड प्रस्तुती

शरद रेग्मी, तुलसीपुर १५ माघ । दाङको तुलसीपुरमा जारी महोत्सवको छैठौं दिन आज पनि उस्तै भिडभाड रहेको छ । दैनिक उत्साहजनक उपस्थीती रहेको महोत्सवमा आज पनि अघिल्ला दिन जस्तै भिडभाड रहेको थियो ।

महोत्सवमा आउने हजारौं दर्शकहरुका कारण महोत्समा रहेका स्टलहरु समेत भरिभराउ भएका छन । स्टलहरुमा समेत राम्रो कारोबार भएको स्टल व्यवसायीले वताए । ‘महोत्सवलाई व्यवस्थीत एवंम् सभ्य तरिकाले सम्पन्न गर्ने हाम्रो दायित्व हो, त्यसैले हामी सवै यसलाई सफल पार्न लागि परेका छौं ।’ बाणिज्य संघका निर्वतमान अध्यक्ष विमल रिजालले बताउनुभयो ।

आज महोत्सवमा लोक गायिका टिका पुनले दर्शकहरुलाई झुमाएकी थिईन् । उनले गाएका दिनदिनै तुलसीपुर आउदिन दुई दिनलाई भो माया लाउदिन, सुर्खेत वुलवुले जाउँला  लगाएतका गित गाउँदा आयोजक लगाएत अतिथीहरु नाचेका थिए । स्टेजमा रहेका नेकपा दाङका अध्यक्ष टिकाराम खडका, नेपाली काग्रेसका क्षेत्रिय सभापती जगत खड्का सहित आयोजक तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष लगायतका पदाधिकारी स्टेजमै नाचेका थिए । आज अन्य कलाकारहरु चक्र वम, राजु ढकाल, लेखान्त भुषाल, दिवाकर भण्डारि, रेश्मा केसी, रञ्जिता पाण्डे लगाएतको प्रस्तुति रहेको थियो ।