घोराही, १५ माघ । प्रदेससभा सदस्य रेवतीरमण शर्माले नागरिकको जागरुकता र सहभागिताले मात्रै दिगो विकास हुने बताउनुभएको छ । घोराही उपमहानगरको ४२ औँ स्थापना दिवसलाई आज घोराहीमा सम्बोधन गर्दै प्रमुख अतिथी रहनुभएका शर्माले नगरबासी जागरुक भए मात्रै विकासले गति लिने बताउनुभएको हो ।
आफ्नो गाउँ टोलको विकासमा आफै सकृय बन्नु पर्ने र सरकारले लगानीलाई आबस्यकतामा केन्द्रित गर्नुपर्ने उहाँको भनाई छ । नगरको चौतर्फि विकास र संबृद्धीमा सरकारले नेतृत्व गरे पनि आधार भने कै जनता भएको भन्दै सहकार्यमै विकासलाई अघि बढाउनु पर्नेमा जोड दिनुभयो ।
घोराही उपमहानगरले सम्भावना र विकासको आधार पहिचान गरेको उल्लेख गर्दै उहाँले नागरिकको साथ र सरकारको सकृयताले दिगो तथा समाबेशी विकास हुने धारणा राख्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले सरकारले जनताको मन जितेर काम गर्नुपर्ने बताउनुभयो ।
आबस्यकता र पहिचान गरि विकासलाई अघि बढाउनु पर्ने भन्दै उहाँले त्यसमा नगरबासीको साथ अनिबार्य हुने धारणा राख्नुभयो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गन्जबहादुर एमसीले कलासंस्कृतीको धनी रहेको घोराही उपमहानगरलाई संबृद्ध नगर बनाउन सबैको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेस सदस्य लक्ष्मण आचार्य, नेपाली कांग्रेसका उपसभापती कमानसिंह भारती, राष्ट्रिय जनमोर्चाका अध्यक्ष गणेश आचार्य, राष्ट्रिय जनमुक्तिका केन्द्रिय उपाध्यक्ष ठाकुर रोका, नागरिक समाजका संयोजक चन्द्रराज पन्त, नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासन लगाएतकाले नगरको चौतर्फि विकासमा सबैको सहकार्यमा जोड दिनुभयो ।।