२०७८ भाद्र २९ गते मङ्गलवार
२०७८ भाद्र २९ गते मङ्गलवार

प्रेस स्वतन्त्रता सेनानी पन्नलाल गुप्ताको निधन

बाँके, १६ माघ । प्रेस स्वतन्त्रता सेनानी पन्नलाल गुप्ताको बुधबार राति निधन भएको छ । नेपाल पत्रकार महासङ्घ बाँकेका पूर्वअध्यक्ष समेत रहनु भएका चाचाजीको ९२ वर्षको उमेरमा निधन भएको हो ।

किरण साप्ताहिकका सम्पादकको रुपमा चाचाजी जीवनको उत्तरार्धमा पनि साइकल चलाएर युवा पुस्तासँगै समाचार सङ्कलनमा खट्ने गर्नु भएको थियो । लामो समयदेखि थलिनु भएका चाचाजीलाई थप समस्या आएपछि अस्पताल पुर्‍याइएपछि निधन भएको हो ।