तुलसीपुर, १६ माघ । तुलसीपुरमा जारी महोत्सवमा आज सबै भन्दा धेरै कलाकारहरु आउने आयोजकले वताएको छ । महोत्सवमा आज राष्ट्रिय तथा स्थानीय रुपमा चर्चित कलाकारहरुको सहभागिता रहने भएको छ ।
वालबालिकाहरुमा चर्चित भएका बाल कलाकार अशोक दर्जि, एआर वुढाथोकि, लोकप्रिय गायक टंक वुढाथोकि, गायीका जानकी तारमी मगर, दिपाशा विसि, प्रकाश कँडेल(गुलेली कान्छा), विक्रम राना लगायतका कलाकारहरु आउने आयोजक तुलसीपुर उद्योग बाणिज्य संघका प्रेस सल्लाहकार शरद रेग्मीले जानकारि दिएका छन ।