काठमाडौं, १६ माघ । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सोमपाल कामी र प्रतिभा घिमिरेका बीचमा बिवाह भएको छ ।
राजधानीस्थित एक मन्दिरमा विहीवार विहान उनीहरुका बीचमा बिवाह भएको हो ।
सुदरपश्चिमको धनगढीकी स्थायी बासिन्दा घिमिरे बैंकमा जागिर गर्छिन । चार वर्षदेखिको आफ्नो प्रेमलाई बिवाहमा परिणत गर्न पाउँदा खुसी लागेको उनीहरुले सञ्चारमाध्यमहरुलाई बताएका छन् ।