२०७८ साउन १२ गते मङ्गलवार
२०७८ साउन १२ गते मङ्गलवार

बोराको थुप्रोले च्याप्दा एकै परिवारका चार जनाको मृत्यु

बुटवल, १६ माघ । रुपन्देहीको भैरहवामा बोराको थुप्रोले च्याप्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ । सिद्धार्थ नगरपालिका ६ गल्लामण्डीमा आफ्नै घरको सटरमा स्टोर गरिएको बोराको चाङ पल्टिएर भारत बिहारका ३० बर्षीय सहजाद हुसेन, उनीकी श्रीमती २८ बर्षीया सद्धव खातुन, ६ बर्षीय छोरा सुल्तान रजा र २ बर्षीया छोरी सहिना खातुनको मृत्यु भएको हो।

घरमा आफैंले संकलन गरेर राखेको बोराका चाङले घेरिएको साँघुरो स्थानमा सुतिरहेका उनिहरुलाई बोराको थुप्रोले च्यापिरहेको अवस्थामा प्रहरीले बिहीबार विहान फेला पारेको थियो । सास फेर्न नसकेर निसास्सिएर मृत्यु भएको आशंका गरिएको छ। रुपन्देही प्रहरीका अनुसार हुसेन परिवारले बिगत १५ र २० बर्ष देखि कवाडीका बोरा जम्मा गर्ने र सिलाएर बिक्री बितरण गर्दै आएका थिए।

उनीहरुको शव पोस्टमोर्टमको लागि भैरहवास्थित भिम अस्पतालमा राखिएको छ।