शरद रेग्मी, तुलसीपुर १६ माघ । नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी ‘घुम्न जाउं तुलसीपुर’ अभियान अन्तर्गत तुलसीपुरमा मिनिम्याराथन प्रतियोगिता विहिवार सम्पन्न भएको छ । तुलसीपुर—अमिलिया सडक खण्डको विरेन्द्र चौकबाट सुरु भएको प्रतियोगिताका सहभागीहरु टरीगाउँ विमानस्थलसम्म पुगेर फेरी महोत्सवस्थल हात्तिखौवामा आइपुगेका थिए ।
प्रतियोगिताको सुभारम्भ तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले गरेका हुन् । प्रतियोगितामा नगरप्रमुख पाण्डेपनि केहिवेर दौडमा सहभागी भए । सहभागी हुनुअघि संक्षिप्त मन्तव्य दिंदै नगरप्रमुख पाण्डेले तुलसीपुरलाइ स्पोर्ट सिटिका रुपमा विकास गरीने बताए । मिनि म्याराथन प्रतियोगितामा नेपालगन्जदेखि दाङ सम्मका कम्तिमा ६२ जनाको सहभागिता रहेको थियो ।
मिनिम्याराथुन दौड प्रतियोगितामा पुरुष तर्फ अरुण केसी प्रथम, असोक सुनुवार राइ दोस्रो, रविन वली तेस्रो, लेखनाथ महर चौथो, बेद वहादुर वली पांचौं र पारस सुनार छैठौं भए । त्यसैगरि महिला तर्फ प्रथम सिमा चौधरी, दोस्रो सर्मिला घर्ति, तेस्रो अनिसा चौधरी, चौथो झरना बुढामगर, पांचांैमा रेश्मा रोका क्षेत्री र छैठौमा सदिक्षा चौधरी रहेका छन् । आयोजक समितिले प्रथम महिला पुरुष दुवैलाइ प्रतिव्यक्ति ७ हजार दोस्रो हुनेहरुलाइ ३ हजार ५ सय, तेस्रो हुने दुवैलाइ प्रतिव्यक्ति २५ सय रुपैया र अन्य विजेतालाइ सान्त्वना पुरस्कार दिइएको थियो । प्रतियोगिताको संयोजन तुलसीपुर महोत्सव खेलकुद उपसमितिका संयोजक हेमेन्द्र खड्काले गरेका थिए ।