२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

इपिएल क्रिकेट खेल्न क्रिस गेल नेपाल आउने

काठमाडौं, १६ माघ । एभरेस्ट प्रिमियर लिग (इपिएल) टी २० क्रिकेट प्रतियोगिताका खेल्न वेस्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेल नेपाल आउने भएका छन् । क्रिस गेल इपिएल टिम पोखरा राइनोजमा आबद्ध भएको इपिएलले बिहीबार सार्वजनिक गरेको हो ।

टी २० क्रिकेटका युनिभर्सल बोस को उपमा पाएका गेल आगामी चैतमा कीर्तिपुरस्थित त्रिवि मैदानमा प्रतियोगिता खेल्न आउन लागेका हुन् । उनले नेपाल आउन पाउदा उत्साहित भएको बताउँदै आफ्नो टिमलाई समर्थन गर्न आग्रह गरेका छन्।

उनले आफ्नो धमाका हेर्नका लागि नेपाली समर्थकलाई तयार रहन आग्रह गरेका छन् । उनले आफ्नो प्रदर्शनले प्रतियोगिता थप रोमाञ्चक हुने समेत बताए ।

४० वर्षीय गेल विश्वका टी २० क्रिकेट लिगका लागि चर्चित छन्। उनले टी २० खेलमा ४०४ खेल खेल्दै १३ हजार भन्दा बढी रन बनाएका छन् । जसमा २२ शतक र ८२ अर्धशतक सामेल छन् ।