२०८२ बैशाख ३१ गते बुधवार
२०८२ बैशाख ३१ गते बुधवार

सल्यान कपुरकोट गाउँपालिकाको वडा कार्यालयमा आगजनी

सल्यान, १६ माघ । सल्यान कपुरकोट गाउँपालिकाको ५ नम्बर वडा कार्यालयमा बुधबार राती अज्ञात समुहले आगजनी गरेको छ । वडा अध्यक्ष यम कुमार बस्नेतका अनुसार रिम शितल बजार नजिक रहेको वडा कार्यालयमा ढोकाको ताला फोडेर भित्र पसि सम्पुर्ण कोठामा अज्ञात समुहले आगजनी गरेको हो ।

वडा कार्यालयमा रहेका सम्पुर्ण कागजात र सामग्रीहरु जलेर नष्ट भएका छन् । विहिबार बिहान १० बजेतिर कार्यालय खोल्दा मात्रै आगलागी बारे थाहा भएको कार्यालय सहयोगी पदम बहादुर बिकले बताए ।

वडा कार्यालयमा रहेका पन्जिकरणका सम्पुर्ण श्रेष्ता सहितका महत्वपूर्ण जागजातहरु, डेक्स्टप कम्प्युटर, प्रीन्टर, सोफा सेट थान, कुर्सी, टेबुल, कार्पेट, पर्दा, ईन्टरनेट सम्बन्धी सामग्री, दराज लगाएतका सामग्री पुर्ण रुपमा जलेको वडा अध्यक्ष बस्नेतले बताएका छन् ।