२०८१ माघ २४ गते बिहिवार
२०८१ माघ २४ गते बिहिवार

उद्योग बाणिज्य संघको पहलमा तुलसीपुर बजारका खाडल पुरीए

तुलसीपुर, १६ माघ । तुलसीपुर महोत्सव आयोजक समिती तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुर बजारको मुख्य सडकको खाल्डाखुल्टी पुरेको छ । आज बिहान तुलसीपुरमा आयोजना गरीएको मिनिम्याराथुनमा भाग लिएका प्रतियोगिहरुलाई खाडलमा दौड्न कम समस्या होस् भनेर कामचलाउ टालटुल गरीएको महोत्सव निर्देशन समितीका निर्देशक बिमल रिजालले बताए । प्रतियोगीता भन्दा पनि सडक टालेको दृश्यलाइ नगरबासीहरुले नियालीरहेका थिए । किनकि बर्षौदेखि सो सडक खण्डका खाल्टाखुल्टीहरु मर्मत भएको छैन ।

‘मैले यहाँ व्यापार गर्न थालेको वाह्र बर्ष भयो, तर एक पटक पनि सडक मर्मत भएको र नाला सफागरीएको देखेको छैन’— तुलसीपुर ‘क’ लाइनस्थीत बिमल मोवाइलका सन्चालक विमल पौडेलले भने । पटक पटक यो विषयमा विभिन्न सञ्चारमाध्यमहरुले समाचार प्रकाशन/प्रसारण गरेपनि सरोकारवालाको ध्यान जान सकेको छैन । केहि समयको अन्तरालमा तुलसीपुर उपमहानगरपालिकाका भित्री सडकको कामचलाउ मर्मत गरेपनि राजमार्ग क्षेत्रमा पर्ने यी दुई मुख्य सडकहरु भने बर्षौदेखि मर्मत हुन सकेको छैन ।

उपमहानगरपालिकाले पनि डिभिजन सडक कार्यालयको अर्थपुर्ण ध्यानाकर्षण गराउन सकेको छैन । प्रतियोगीता अवधीभरी सडक खाली गर्ने आयोजक ट्राफिकको व्यवस्थापन देवेन्द्र के.सी.ले गरेका थिए । प्रमुख प्रशिक्षकको भुमिकामा एथ्लेटिक्स प्रशिक्षक पद्मा चौधरी थिइन् भने औपचारीक कार्यक्रमको सहजीकरण खेलकुद पत्रकार मन्च दाङका अध्यक्ष लक्ष्मण बस्नेतले गरेका थिए ।