२०७७ फाल्गुन १७ गते सोमवार
२०७७ फाल्गुन १७ गते सोमवार

मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर घाईते

बर्दिया, १६ माघ । बर्दिया जिल्लाको कालिकामा बुधबार भएको मोटरसाईकल दुर्घटनामा परी एकको मृत्यु भएको छ भने एक गम्भीर घाईते भएका छन् ।

बर्दियाको बारबर्दिया नगरपालिका वडा नं. ७ अन्तर्गत पुर्व पश्चिम राजमार्गमा पर्ने कालिका भन्ने स्थानमा भे ६ प ३४८८ नम्बरको मोटरसाइकल र ट्याक्टर ठोक्कीदा बारबर्दिया नगरपालिका वडा नं. ९ ढकैला निबासी १८ बर्षिय उमेश पौडेलको घटनास्थलमै मृत्यु भएको हो भने, सोही ठाउँकै १७ वर्षिय सन्तोष चौधरी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको मोटरसाईकल र पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको ट्याक्टर एक आपसमा ठोक्कीदा दुर्घटना भएको बताइएको छ । घाईते चौधरीको कोहलपुरमा उपचार गरी थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।