शरद रेग्मी, तुलसीपुर १६ माघ । आज सरस्वती पुजा । विभिन्न विद्यालयहरु र सरस्वती मन्दीरहरुमा विद्याकी देवी सरस्वती पुजिएजस्तै तुलसीपुर महोत्सवमा पनि सरस्वती पुजिएकी छिन् । कार्यक्रम सन्चालिका उमादेवी लामिछानेले ‘जयजय सरस्वती, कोटिकोटी नमस्कार’ वोलको भजन गाइरहँदा महोत्सवमा सहभागी विद्यार्थीहरु, महिला तथा बृद्धबृद्धाहरु छमछमी नांचेर भजनमा साथ दिए ।
लगत्तै दाङकै चर्चित कलाकार तथा पत्रकार देवेन्द्र बस्नेतले मन्च सम्हाले । आफ्ना स्वर्गिय बुवा कृष्णप्रसाद बस्नेतको सम्झनामा उनैले लेखेको गितका शव्दलाइ परीमार्जन गरी गाइएको अर्को गितले पनि दर्शकहरुलाइ नंचाएको थियो । ‘चिलबस्यो टुप्पैमा, भयो भेट तुलसीपुर चोकैमा दिलबस्यो रुपैमा’ वोलको गितमा धेरै कलाकर्मिहरुले साथ दिए ।
विहिवार महोत्सवमा ‘मन विनाको धन ठुलो की, धन विनाको मन’ शव्दको गित गाउने चर्चित कलाकार टंक बुढाथोकिले दर्शकहरुलाइ नचाए भने अशोक दर्जी र ए.आर बुढाथोकीको ‘आमा भन्दा राम्री कोइ छैन संसारमा’ बोलको गितले पनि दर्शकहरुलाइ भरपुर मनोरञ्जन दिएको थियो भने प्रेम प्रकाश वलीको ‘ओखर कांचो छ’ भन्ने वोलको गित पनि कम्ती रोचक बनेन ।
भिड अत्यन्तै भएपछि केहिवेर टिकट विक्रि ब्रेक भयो । थरीथरीका सवै स्टलहरु भरीभराउ थिए । पाँच सय बढी सवै स्टलमा कोहि न कोहि क्रेताको उपस्थीति बाक्लो देखिन्थ्यो । थारु समुदायको ढिक्रि र घोघिदेखि नेवार समुदायको नेवारी परीकार यामोरी र मासको बाराले पनि दर्शकहरुलाइ भरपुर लोभ्याएको थियो । चक्कु चुलेसीदेखि स्काभेटर सम्म महोत्सवका विभिन्न स्थलहरुमा व्यवस्थापन गरिएको छ ।
त्यसैगरी सवैभन्दा बढी भिड वाल उद्यानमा देखिएको छ । हजारौंले वाल उद्यानमा मनोरन्जन लिइरहेको र प्राविधिक सुरक्षा मजवुत बनाइएको वाल उद्धान व्यवस्थापन उपसमितिका संयोजक देव वहादुर के.सी.ले बताए ।
रोटरीको रक्तदान
रोटरी क्लव अफ तुलसीपुरले आयोजना गरेको रक्तदान कार्यक्रममा दुई दर्जन भन्दा बढिले रक्तदान गरेको क्लवका अध्यक्ष तथा तुलसीपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष देव वहादुर के.सी.ले जानकारी दिए । रोटरीको आयोजना गरेको रक्तदानको प्राविधिक व्यवस्थापन नेपाल रेडक्रस सोसायटीले गरीरहेको रेडक्रस सोसायटी दाङका विश्राम अधिकारीले जानकारी दिए । तुलसीपुरमा हुने रगतको अभावलाइ यसले सहज बनाउने रेडक्रसले अपेक्षा गरेको छ । महोत्सवमा स्वास्थ्य समवेदनशिलतालाई मध्यनजरगरी महोत्सवस्थलमै प्राथमिक स्वास्थ्य शिविर र एम्वुलेन्सको पनि व्यवस्थापन गरीएको महोत्सव मुल आयोजक समिति तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव रुप वहादुर खत्रीले बताएका छन् ।
हेलिकप्टरमा दिनभरी उडान प्याक
यसैबीच महोत्सव स्थलमा ल्याइएको हेलिकोप्टर भोलि शुक्रवार सम्म पनि प्याक हुने देखिएको छ । विशेषगरी मनोरन्जन र पर्यटनलाइ जोडेर हेलिकप्टर सेवाको व्यवस्थापन गरिएको महोत्सव मुल आयोजक निर्देशन समितिका निर्देशक विमल रिजालले बताएका छन् । हेलिकोप्टरबाट तुलसीपुर बजार परीक्रमा गर्न प्रतिव्यक्ति ४ हजार, स्वर्गद्धारी सम्मको यात्राका लागी १५ हजार, धारापानीको पाण्डवेश्वर मन्दीर सम्मका लागी ९ हजार, पुरन्धारा छहराका लागी ९ हजार, खैरावाङ भगवतीको दर्शनका लागी १५ हजार, कुबिण्डे दहका लागी २० हजार, रारा दहका लागी ६० हजार रुपैया र एक घण्टाको चार्टर फ्लाइटका लागी १ लाख ७० हजार रुपैया शुल्क तोकिएको आयोजक समितिका संयोजक विर वहादुर रावतले बताएका छन् ।