२०८२ बैशाख १३ गते शनिवार
२०८२ बैशाख १३ गते शनिवार

टंक बुढाथोकी संग चलचित्र पत्रकार संघ दाङको साक्षात्कार

पूर्ण के.सी, दाङ १६ माघ । चलचित्र पत्रकार संघ दाङ शाखाले कलाकार टंक बुढाथोकी संग साक्षात्कार गरेको छ । संघको ब्यानरमा आज तुलसीपुरमा उनी संग विशेष कार्यक्रम गरेको हो ।कार्यक्रममा बाल गायक असोक दर्सी र एआर बुढाथोकीको पनि उपस्थिति थियो ।

गायक बुढाथोकीले नेपाली चलचित्रको व्यापार बिस्तारै उकालो लागेको र चलचित्र हाईलाईट हुनु भनेको कलाकारलाई फाईदा पुग्ने बताए ।

कार्यक्रम चलचित्र पत्रकार संघ दाङका सल्लाहकार शरद रेग्मीले मोफसलमा चलचित्र पत्रकारीताको स्कोप बढ्दै गएको र यसमा संघले विगत देखिनै अतुलनीय योगदान दिदै आएको बताए ।

संघका अध्यक्ष शिव पुनको अध्यक्षता भएको कार्यक्रमको सहजीकरण सचीव पूर्ण के.सी. मुस्कानले गरेका थिए ।