सन्तोष के.सी, तुलसीपुर १७ माघ । दाङमा नेपाल गोल्डेन आईडलको अडिसन भएको छ । कला गला र नृत्यको सम्मानका लागि विगत एक दशकदेखि सञ्चानमा रहेको गोल्डेन स्टार मल्टिमिडियाले एन.टि.भि प्लसमा सञ्चालन गर्दै आएको गाएन र नृत्यको महासङग्राम नेपाल गोल्डेन आइडल सिजन ७ को सेन्टर टप सिलेक्सन राउड (पव्लिक अडिसन) तुलसीपुरमा एक कार्यक्रमकाबीच समापन गरिएको हो ।
पहिलो अडिसनमा दाङका ७० जान छनौटमा परेका छन् । त्यस्तै दोस्रो सुपर अडिसनमा ४० जना सिलेक्सनमा परेका थिए, तेस्रो राउन्ड अर्थात सेन्टर टप सिलेक्सन पपलिक अडिसनमा प्रवेश गरेका १२ जना सहभागि मध्यबाट मेलिना बस्नेत, जेविका रेउले, कुमार पुन मगर, निर्मला मगर, थमन शाही, लाले थापा मगर, सुरज शाह, प्रमिला परियार गरि ८ जनाले सुपर टप सिलेक्सन राउन्डमा पोखराको यात्रा तय गरेका छन । जसको जजमा गोल्डेन स्टार मल्टिमिडियाकी डाईरेक्टर निरुता गुरुङ र नेपाल गोल्डेन आइडल सिजन ३ का विजेता बर्षा लम्साल रहेका थिए ।
अब उक्त सुपर टप राउन्ड पोखरामा सञ्चालन हुने छ, भने सुपर टप राउन्डमा नेपाल भरीबाट गायनमा ४५ र नृत्यमा ४५ गरि ९० जनाले सहभागिता जनाउने डाईरेक्टर तथा जज निरुता गुरुङले जानकारी दिईन् । नेपाल गोल्डेन आइडल सिजन ७ का गायन र नृत्यमा टप हुने एक एक जनाले दश दश लाख रुपैया र अन्य थुप्रै उपहारहरु प्राप्त गर्ने एमडि सरन गुरुङले जानकारी दिए । एमडि सरन गुरुङको अध्यक्षता एवम नेपाल भलिवल संघ प्रदेश नं। ५ का अध्यक्ष देवेन्द्र सिह बैरागीको प्रमुख आतिथ्यमा कार्यक्रममा भएको हो ।
कार्यक्रममा नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछाने, रेडक्रस सोसाईटी दाङका सदस्य शिवकुमार थापा, नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका लेखा प्रमुख दोर्ण केसी, तुलसीपुर नगर जेसिसका अध्यक्ष मोहन सुनार, कलाकार तथा नृत्य निर्देशक सरोज रेग्मी लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण चलचित्र पत्रकार संघ नेपाल दाङका उपाध्यक्ष सन्तोष केसीले गरेका थिए ।