२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

तुलसीपुर महोत्सवमा आज दुर्गेश थापा र शान्ति श्री परियार आउँदै

तुलसीपुर, १७ माघ । दाङको तुलसीपुरमा जारी महोत्सवमा दर्शकहरुको उल्लेख्य सहभागीता बढ्दै गएको छ । तुलसीपुर उद्योग बाणिज्य संघको आयोजनामा यहिँ मा १० गतेदेखि २० गतेसम्म सञ्चालन भएको महोत्सवमा बिहिबार दर्शकहरुको बाक्लो उपस्थिती रहेको थियो । महोत्सवमा आज पनि राष्ट्रिय तथा स्थानीय रुपमा चर्चित कलाकारहरुको सहभागिता रहने भएको छ ।

आज चर्चित गायक तथा मोडल दुर्गेश थापा, लोक गायिका शान्ति श्री परियार, गायक गोबिन्द मधुर आचार्य, हाँस्य कलाकार धुर्ब कमेडी, मोडल अस्मीता पुरी लगायतका कलाकारहरु आउने आयोजक तुलसीपुर उद्योग बाणिज्य संघका प्रेस सल्लाहकार शरद रेग्मीले जानकारी दिएका छन । आज महोत्सवमा कार्यक्रम सञ्चालन बसन्त आचार्यले गर्नेछन् ।