दाङ, १७ माघ । दाङमा हात्तीपाइले रोगको निवारणका लागि आगामी माघ २५ गतेदेखि फागुन २८ गतेसम्म अभियान सञ्चालन गर्न थालेको जिल्ला स्वास्थ्य कार्यालय दाङले जानकारी दिएको छ । आज घोराहीमा आयोजित पत्रकार अन्तक्र्रियामा बोल्दै कार्यालय प्रमुख डा. सुनिता पौडेलले घरघरमा पुगेर हात्तीपाइलेको औषधी खुवाउने जानकारी दिनुभयो ।
हात्तीपाइले रोगको संक्रमण रहेका मुलुकका १३ जिल्लामध्ये दाङ पनि रहेको भन्दै कार्यालय प्रमुख डा. पौडेलले यस वर्ष अभियानलाई सतप्रतिशत सफल बनाउने तयारीमा रहेको जानकारी दिनुभयो । दाङमा ३ प्रतिशत हात्तीपाइलेका संक्रमित रहेको भन्दै कार्यालय प्रमुख ड. पौडेलले आगामी २ वर्षभित्र जिल्लालाई हात्तीपाइले रोगमुक्त बनाउने अभियानमा लागेको जानकारी दिनुभयो ।
यस्तो छ दाङका स्थानीय तहले हात्तीपाइले रोग बिरुद्धको औषधी खुवाउने तालिका :
घोराही उपमहानगरपालिकामा – माघ २५ देखि फागुन १ गतेसम्म
तुलसीपुर उपमहानगरपालिकामा – माघ २५ देखि माघ २७ गतेसम्म
लमही नगरपालिकामा – माघ २५ देखि माघ २७ गतेसम्म
राप्ती गाउँपालिकामा – माघ २५ देखि माघ २९ गतेसम्म
गढवा गाउँपालिकामा – माघ २५ देखि फागुन ४ गतेसम्म
राजपुर गाउँपालिकामा – माघ २५ देखि फागुन ५ गतेसम्म
शान्तिनगर गाउँपालिकामा – माघ २५ देखि फागुन ५ गतेसम्म
दङ्गीशरण गाउँपालिकामा – माघ २५ देखि फागुन २८ गतेसम्म
बबई गाउँपालिकामा – माघ २५ देखि फागुन १० गतेसम्म
वंगलाचुली गाउँपालिकामा – माघ २५ देखि माघ २९ गतेसम्म