२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

दुई मोटरसाइकल र स्कुटर ठोक्किदा दुई जनाको मृत्यु

बुटवल, १७ माघ । रुपन्देहीको सैनामैना रामापुरमा दुई मोटरसाइकल र स्कुटर ठोक्किदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

लु ४२ प ७०९६ र लु ३५ प ५०१९ नम्बरको मोटरसाइकल र लु २४ प ७४७२ नम्बरको स्कुटर एकआपसमा ठोक्‍किँदा २ जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

घाइतेको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुनेको सनाखत भएको छैन ।