२०८१ माघ २९ गते मङ्गलवार
२०८१ माघ २९ गते मङ्गलवार

बबई गाउँपालिकाको गाउँसभा तथा हिउँदे अधिबेशन शुरु

हापुरे, १७ माघ । दाङको बबई गाउँपालिकाको छैठौं गाउँसभा तथा हिउँदे अधिबेशन शुक्रबारदेखि शुरु भएको छ ।

गाउँपालिकामा स्वास्थ विद्ययेक, बबई गाउँपालिकाको बन ऐन, बबई गाउँपालिकामा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा ब्यबस्था गर्न बनेको बिध्येक, सडक बालबालिका ब्यवस्थापन बिद्येयक, बालगृह सञ्चालन, बालविवाह विरुद्ध कार्यक्रम सञ्चालन गर्न बनेको बिद्येयक, बबई गाउँपालिका योजना सञ्चालन अनुगमन तथा मूल्यांकन सम्बन्धी बनेको बिद्येयक सभामा प्रस्तुत गरिएको गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले बताए ।

त्यस्तै गाउपालिकाको फोहोर मैला ब्यबस्थापन सम्बन्धी बनेको बिद्येयक, बिपद ब्यबस्थापन, आन्तरिक लेखा परिक्षण, आपतकालिन कार्यसञ्चालन केन्द्र सञ्चालन विद्येयक सभामा प्रस्तुत गरिएको छ । सभामा प्रस्तुत भएका विद्येयक माथि सुनुवाइ र दफावार छलफल भईरहेको छ ।