२०८२ असार १ गते आइतवार
२०८२ असार १ गते आइतवार

दुर्गेश थापाले धुम मच्चाए तुलसीपुर महोत्सवमा

तुलसीपुर, १७ माघ । तुलसीपुरमा जारी महोत्सवमा आज पनी अघिल्ला दिन जस्तै भिडभाड रहेको थियो । दैनिक जसो दर्शकहरुको उपस्थीतिले आयोजकलाई भने हौसाएको छ । महोत्सवमा सवैको ध्यान मञ्चमा रहेको छ । सांस्कृतिक कार्यक्रममा दर्शकहरुको भिड लाग्ने गरेको छ । निमार्णाधिन सभाहलको निमार्ण कार्य पुरा गर्ने अठोट लिएर शुरु गरिएको महोत्सवमा दर्शकहरुको जैनिकजसो उल्लेख्य उपस्थीतीले सभाहल निमार्ण हुनेमा आयोजक ढुक्क भएको छ ।

त्यस्तै आज युवाहरु माझ अत्यन्तै लोकप्रीय गायक तथा मोडल दुर्गेश थापाले टिनएजरहरुलाई नचाएका छन । उनका चर्चित गितहरुमा युवा तथा साना बालबालिकाहरु स्टेजमै पुगेर नाचेका थिए । अन्य दिनको तुलनामा साँस्कृतिक कार्यक्रममा शुक्रबार तुलसीपुर महोत्सव झुमेको थियो । दुर्गेश थापाले आफना चर्चित गितहरु गाउँदा पुरै महोत्सव दुर्गेश मय भएको थियो ।

त्यस्तै शुक्रबार दंगाली छोराहरु गोविन्द मधुर आचाय , प्रेम प्रकाश वली, अस्मीता पुरी, रन दर्लामी, धु्रव कमेडी, खड्ग शर्मा लगायतका कलाकारहरुले आफना प्रस्तुतीहरु राखेका थिए । शुक्रबारको कार्यक्रम वसन्त विवस आचार्यले संचालन गरेका थिए ।