२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

लमही नगरपालिकाको नगरसभा सुरु, पन्ध्रकरोड राजश्व संकलन गर्ने लक्ष्य

लमही, १७ माघ । लमही नगरपालिकाले चालु आर्थिक बर्षमा १५ करोड राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । शुक्रबार लमही नगरपालिकाको छैठौं नगरसभामा नगर प्रमुख कुलवहादुर के.सीले पन्ध्र करोड राजश्व संकलन गर्ने लक्ष्य भएपनि हालसम्म २१ प्रतिसत मात्रै राजश्व संकलन भएको बताउनुभयो । यस्तै विनियोजित आयोजना तथा कार्यक्रमहरुको कुल चालु खर्चको २२ प्रतिशत र कुल पुँजीगत खर्च जम्मा प्रतिशत मात्रै भएको उल्लेख गर्नुभएको छ । चालु आर्थिक बर्ष समापन हुन पाँच महिना मात्रै बाँकी रहंदा लमही नगरपालिकामा ८७ प्रतिशत बजेट बराबरको काम हुन बाँकी रहेको बताइएको छ ।

नगर प्रमुख कुलवहादुर के.सीको अध्यक्षतामा भएको नगरसभामा नगरप्रमुख के.सीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा बर्षभरीमा नगरपालिका क्षेत्रमा ९ किलोमिटर सडक कालोपत्रे गरिएको, ६० किलोमिटर सडक ग्राभेल गरिएको उल्लेख छ ।

यस्तै देउखुरी उपत्यककाकै आशा र भरोसाको सर्पदशं उपचार केन्द्र र स्थापनाका लागि लमही अस्पताल छेउमै भवन निर्माणकार्य सुचारु भई आगामी आ.व. ०७७/०७८ देखि नै संचालनमा ल्याउने तयारी गरिएको छ, प्रदेश सरकारको समपुरक अनुदानबाट चालु आर्थिक वर्षमा नगर क्षेत्रका विभिन्न वडाहरुमा ८ वटा सडकहरु कालोपत्रे गर्ने कार्यको तयारी ठेक्का प्रकृया बाट अन्तिम चरणमा रहेको, लमही नगरपालिकाको संस्थागत सुदृढीकरणका लागि अत्यावश्यक विभिन्न ३४ वटा ऐन, नियम तथा कार्यविधिहरु निर्माण गरि प्रचलनमा रहेको, लमही अस्पतालबाट संचालनमा आएको निःशुल्क स्वास्थ्य सेवा (५ बर्ष भन्दा मुनि र ६० बर्ष भन्दा माथि) संचालनलाई निरन्तरता दिइएको, लमही नगरपालिकाका सबै वडाहरुमा स्वास्थ्य सेवामा जनताको पहुँच अभिबृद्धि गर्ने उदेश्यले ७ वटा वडाहरुमा नगर स्वास्थ्य केन्द्रको स्थापना गरी सेवा प्रदान गरिएको उल्लेख गरिएको छ ।

नगरसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रममा कार्यपालिका सदस्य तथा वडाअध्यक्षहरु धारण राख्नु भएको थियो । नगरसभाको उद्घाटनको दिन शुक्रबार लमही नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष बाबुराम चौधरी, वडा नम्बर ८ का वडा अध्यक्ष मेघनारायण चौधरी लगायतले नदीजन्य पदार्थ उत्खनन्को तथा व्यवस्थापनको विषयमा धारण राख्नु भएको नगरपालिकाका प्रबक्ता बिमबहादुर के.सी.ले जानकारी दिनुभयो ।