२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

हापुरे महोत्सवमा बिराज भट्ट र रेखा थापा आउँदै

हापुरे, १८ माघ । यहिँ माघ २८ गतेदेखि फागुनको १० गतेसम्म पश्चिम दाङको हापुरेमा सञ्चालन हुने व्यापारीक तथा पर्यटन महोत्सवमा नायक बिराज भट्ट र नायिका रेखा थापा आउने भएका छन् । “कला र सस्कृतिलाई संरक्षण गरौ, भ्रमण बर्ष २०२० लाई सफल पारौ” घुम्न जाऔं हापुरे भन्ने मुल नाराका साथ बबई समृद्धि युवा क्लवको आयोजना र बबई मगर एकता युवा क्लव हापुरेको मुल आयोजनामा महोत्सव सञ्चालन हुन लागेको महोत्सवमा चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती पनि रहनेछ ।

पश्चिमदाङका धार्मिक तथा प्राकृतिक पर्यटकिय स्थलको प्रचाप्रसार गर्ने मुख्य उद्धेश्य महोत्सव सञ्चालन हुन लागेको मुल आयोजकले जानकारी दिएको छ । महोत्सवमा विभिन्न व्यापारीक स्टल, राष्ट्रिय तथा स्थानिय कलाकारको वेजोड प्रस्तुति रहने बताइएको छ।