२०७८ असार ४ गते शुक्रवार
२०७८ असार ४ गते शुक्रवार

आज तुलसीपुर महोत्सवमा यी कलाकारहरु आउँदै

तुलसीपुर, १८ माघ । तुलसीपुर उद्योग बाणिज्य संघको आयोजनामा यहिँ मा १० गतेदेखि २० गतेसम्म सञ्चालन भएको महोत्सवमा शुक्रबार दर्शकहरुको बाक्लो उपस्थिती रहेको थियो । शुक्रबार महोत्सवमा चर्चित गायक तथा मोडल दुर्गेश थापा, लोक गायिका शान्ति श्री परियार, गायक गोबिन्द मधुर आचार्य लगाएत स्थानीय कलाकारहरुले दर्शकहरुलाई खुब नचाएका थिए ।

महोत्सवमा आज चर्चित नायक दिलिप रायमाझी, लोक गायक कुलेन्द्र विश्वकर्मा, गायिका ऋतु कँडेल लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजक तुलसीपुर उद्योग बाणिज्य संघका प्रेस सल्लाहकार शरद रेग्मीले जानकारी दिएका छन । आज महोत्सवमा कार्यक्रम सञ्चालन दिपक कुमालले गर्नेछन् ।