२०७७ कार्तिक ७ गते शुक्रवार
२०७७ कार्तिक ७ गते शुक्रवार

युरोपेली सङ्घबाट औपचारिक रुपमा बाहिरियो बेलायत

काठमाण्डौ । बेलायत, युरोपेली सङ्घ (इयू)बाट औपचारिक रुपमा बाहिरिएको छ । बेलायतले शनिबार बिहानदेखि इयूसँगको ४७ वर्ष लामो आवद्धता तोडेको हो । प्रधानमन्त्री बोरिस जोन्सनले भिडियो सन्देशमार्फत अब नयाँ बिहानी आउने बताए।

बेलायत इयूबाट औपचारिक रुपमा बाहिरिएसँगै बेलायतले युरोपियन युनियनको झण्डा तल झारेको छ । युरोपेली सङ्घ छोड्नुपर्ने र छोड्न नहुने दुबै पक्षले प्रदर्शन गरेका बीबीसीले जनाएको छ । सङ्घबाट अलग हुने कि नहुने भन्नेबारेमा बेलायतमा राजनीतिक खटपट चलिरहेको थियो। यसबारेमा गरिएको जनमत सङ्ग्रहमा बेलायती नागरिकरले सङ्घबाट अलग हुनुपर्ने पक्षमा मतदान गरेका थिए ।

इयूबाट अलग हुने प्रतिबद्धतामा गएको डिसेम्बर महिनामा भएको आमचुनावमा हाउस अफ कमन्सका ८० सदस्यको बहुमत पाएर चुनाव जितेपछि प्रधानमन्त्री जोनसनले संसद्ममार्फत यो पछिल्लो सम्झौता गर्न सफल भएका थिए । यो सँगै जनमतङ्ग्रहपछि भएका तीन वर्षभन्दा लामो समयको राजनीतिक खटपट सकिएको छ । जनमतङ्ग्रहमा ५२ प्रतिशत मत ईयू छोड्ने पक्षमा खसेको थियो