रगैंजा, १८ माघ । आज देखि पश्चिम दाङको शान्तिनगर गाउँपालिका वडा नं. ५ रगैंजामा कृषिउपज हाट बजार सञ्चालनमा आएको छ । सुवास स्मृति सहकारी संस्था रगैंजाको व्यवस्थानमा हाट बजार सञ्चालन भएको हो । स्थानीय स्तरमा उत्पादित कृषिजन्य बस्तु विक्रि तथा खरिद गर्नका लागि कृषिउपजहाट बजार सञ्चालन भएको संस्थाका अध्यक्ष रिता बटालाले बताउनुभयो ।
सहकारीको प्राङ्गणमा सञ्चालन भएको कृषि उपज हाट बजारमा ताजा तरकारी, फलफूल, विउविजन, जडिवुटि, कन्दमुल, खाद्यान्न लगायतका सामान विक्रि तथा खरिद भइरहेको संस्थाका ब्यवस्थापक तेज वहादुर के.सी.ले जानकारी दिनुभयो । के.सी.का अनुसार हरेक हप्ताको शनिबार बिहान १० बजे देखि साँझ ५ बजे सम्म हाटबजार सञ्चालन हुनेछ । हाट बजारका लागि आवश्यक क्यारेट र सामान राख्ने ठाउँ सहकारीले निःशुल्क ब्यवस्था मिलाएको समेत के.सी.ले जानकारी दिनुभयो ।