२०७९ फाल्गुन २९ गते सोमवार
२०७९ फाल्गुन २९ गते सोमवार

स्वास्थ्य तथा पोषण कार्यक्रमको दीगोपना सुनिश्चित्ता गोष्ठी

तिर्थराज ज्ञवाली, मसुरीया १८ माघ । दाङको राप्ती गाँउपालिकालाई स्वच्छ, सफा, स्वस्थ र पोषणयूक्त बनाई समृद्व नेपाल सुखी नेपाली बनाउने अभियानलाई सफल बनाउने उद्देश्यका साथ राप्ती गाँउपालिका र सु–आहारा कार्यक्रम द्धारा संयुक्त रुपमा एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दीगोपना सुनिश्चित्ता गोष्ठीको आयोजना गरिएको छ ।

मानव विकासमा कुपोषण अवरोधको रुपमा नरहोस् भन्ने बहुक्षेत्रीय पोषण योजना दोस्रोको मुलमर्म र अवधारणा अनुरुप मातृ, शिशुु तथा किशोर किशोरीको पोषण स्थितिमा सुधार ल्याउन राप्ती गाउँपालिकाका जन प्रतिनिधिहरु, प्रमुख प्रशासकीय अधिकृत, विषयगत शाखाका प्रमुखहरु तथा स्वास्थ्य संस्थाका प्रमुखहरु लगाएत अन्य सरोकारवालहरुको सहभागितामा शुक्रवार र शनिवार कार्यक्रम आयोजना गरिएको हो । स्वास्थ्य तथा पोषणका लागि २६ बुदे स्थानीय सुशासन नीतिहरुहरुको निर्माण गर्दै कार्यान्वय गर्ने प्रतिबद्धताका साथ सम्पन्न भएको कार्यक्रमले राप्ती गाउँपालिकाको पोषण दुतको रुपमा उपाध्यक्ष जगदम्वा कुमारी चौधरीलाई चयन गरेको छ ।

 

राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती गाउँपालिकामा स्वास्थ्य र पोषणको क्षेत्रमा स्वास्थ्य शाखा, शिक्षा शाखा, खोपानी तथा सरसफाई, कृषि, पशु, महिला तथा बालबालिका र प्रशासन शाखाले गर्दै आएका प्रयास र उपलब्धिका बारेमा विश्लेषण गर्दै आगामी रणनिति समेत निर्माण गरिएको हो ।

गोष्ठीमा राप्ती गाउँपालिकामा स्वास्थ्य र पोषणको क्षेत्रमा भए गरेका कार्य प्रगतिका वारेमा शिक्षा अधिकृत बासुदेव खनाल, स्वास्थ्य शाखा सह संयोजक भारती सन्यासी खानेपानी तथा सरसफाइ शाखा संयोजक गिता चौधरी, पशु सेवा शाखाका कमल पुन, महिला तथा बालबालिका शाखा प्रमुख जीवन कुमारी जिसीले जानकारी गराउनु भएको थियो ।

स्वास्थ्य तथा पोषण कार्यक्रमको दीगोपना सुनिश्चित्ता गोष्ठीमा नामसालिङका कृषि संयोजक, शसांङ्क आचार्य, सुआहारा दाङका अधिकृत आनन्द कर्ण, वास अधिकृत विकास बन्जारा वेस, सामुदायिक पोषण स्वयंसेवक गिरजा कुमारी चौधरी लगायतले उद्योग बाणिज्य संघका टोप बहादुर झांक्री मगर, होटल व्यवसायी महासंघका महेश बेल्वासे स्वास्थ्य तथा पोषणका बारेमा जानकारी प्रस्तुत गर्नु भएको थियो ।