२०७९ फाल्गुन २९ गते सोमवार
२०७९ फाल्गुन २९ गते सोमवार

पत्रकार पौडेलको घरमा श्रद्धाञ्जली सभा

तुलसीपुर, १८ माघ । पत्रकार वसन्त पौडेलका पीता स्वर्गीय चन्द्रलाल पौडेलको स्मृतीमा आज शनिबार श्रद्धाञ्जली सभा गरिएको छ ।
९औं दिनको पुण्य तिथीमा नेपाल पत्रकार महासंघ दाङ, नेपाल प्रेस युनियन, प्रेस संगठन र प्रगतिशील पत्रकार संघको संयुक्त आयोजनमा उहाँको निवास तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ हलवारमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।

महासंघ दाङका सचिव भुपेन्द्र वलीको अध्यक्षतामा भएको कार्यक्रममा वोल्ने वक्ताहरुले पौडे्लको निधनले गाँउ सिङगो समाज साथै पत्रकारिता क्षेत्रले एउटा अविभावक गुमाएको वताएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका सल्लाहकार दुर्गालाल के.सी, नेपाल प्रेस युनियनका नि. वर्तमान अध्यक्ष सुशील वस्नेत, प्रेस सेन्टरका केन्द्रिय सदस्य टिका वस्नेत, रेडियो हाम्रो पहुँच सञ्चालक समितिका अध्यक्ष शुक्रराज भण्डारी लगाएतकाले वोल्नुभएको थियो ।

कार्यक्रममा परिवारको तर्फबाट धन्यवाद ज्ञापन स्वर्गीय पौडेलका कान्छा छोरा वसन्त पौडेल र सहजिकरण नेपाल पत्रकार महासंघका सह सचिव गोकर्ण पौडेलले गर्नुभएको थियो । तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ हलवार निवासी पौडेलको ७० वर्षको उमेरमा माघ १० गते निधन भएको थियो ।