शान्तिनगर, १८ माघ । अपाङ्ग शशक्तिकरण केन्द्रले शान्तिनगर गाउँपालिका वडा नं. २ जनकल्यान मा.वि. सिमसुन्दरपुरका ७ जना अपाङ्गता भएका विद्यार्थीलाई कपडा तथा शैक्षिक सामाग्री वितरण गरेको छ ।
केन्द्रका अध्यक्ष रजनी शाहको अध्यक्षता एवम् वडा नं. २ का वडाध्यक्ष फर्साराम डाँगीको प्रमुख आतिथ्य तथा विद्यालयका निमित्त प्रधानाध्यापक दिपक कुमार गौतम र केन्द्रका सल्लाहकार सुमन गौतमको विशिष्ट आतिथ्यमा उनिहरूलाई जाडोको लागि सुइटर र शैक्षिक सामग्री वितरण गरिएको हो । केन्द्रका सहसचिव वसन्ती वलीको स्वागत मन्तव्य सुरू भएको कार्यक्रमको सहजीकरण सचिव टिकाराम वलीले गर्नुभएको थियो ।