२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

तुलसीपुर महोत्सवमा आज सबैभन्दा धेरै दर्शक, दिलीपले नचाए सबैलाई

शरद रेग्मी, तुलसीपुर १८ माघ । दाङ जिल्लाका विभीन्न ठाउँमा महोत्सव चलिरहँदा शनिवार तुलसीपुर महोत्सव सफलताको शिखरमा पुगेको छ । दिलीप रायमाझीको उपस्थीतिले झनै महोत्सव क्षेत्र भरीभराउ भएको थियो । नायक रायमाझीको प्रस्तुती हेर्नका लागि लामो समय सम्म पर्खि बसेका दर्शकहरु उनको स्टेज आगमनसँगै निकै उत्साहित बनेका थिए ।

नायक रायमाझी मोडल आरुषी मगरसंग उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए । मायाँले बाध्यो हे रेशक लगाएतका गीतहरुमा पस्कीएको नायक रायमाझीको प्रसतुतीमा दर्शकहरुले नाचेरै साथ दिएका थिए । यसैगरी शनिवार महोत्सवका अर्का आकर्षक बनेका लोक गायक कुलेन्द्र बि.क.ले ‘सालको पातको टपरी’ बोलको गीत गाउँदा दर्शकहरुको मास उर्लिएको थियो । उनको प्रस्तुतीमा अनीयन्त्रीत बनेको महोत्सवको मास सम्हाल्न हम्मे हम्मे परेको थियो । उनले ‘नजाउ हैन सानु पँधेरीमा’ लगाएका गीतहरु गायक कुलेन्द्रले पस्केका थिए । यसैगरी गायिका रितु कँडेलले ‘बाँझो खेतमा’ बोलको गीत गाउँदा दर्शकहरुले साथ दिएका थिए ।

यसैगरी शनिवार हाँस्यकलाकार तथा गायक पिताम्बर रिजाल, टोपेन्द्र बिष्ट लगाएतले प्रस्तुती राखेका थिए । महोत्सवमा शनिवार दर्शकहरुको अत्यधीक भिड रह्यो । दर्शकहरुलाई महोत्सव स्थल प्रवेश गर्न हम्मे हम्मे भएपछि दुईवटा प्रवेशद्धारबाट टिकट खुल्ला गरीएको थियो । तैपनि महोत्वसमा आउनेहरुलाइ सहज व्यवस्थापन हुन मुस्कील थियो । धेरै भिडभाड संहाल्न आयोजकलाइ धेरै अभ्यास गर्नुपरेको थियो । त्यसैले आजदेखि दुइवटा प्रवेशद्धार बनाइएको छ ।

दाङको तुलसीपुरमा जारी महोत्सवमा शनिवार चर्चित कलाकारहरुको अभिव्यक्तिले सांच्चै तुलसीपुर प्रदेश राजधानी, सांगितिक राजधान, हवाइ ट्रान्जिट लगायतका सवै विषय उक्लिएका छन् । उहिले राप्ती अन्चलको सदरमुकाममा रुपमा चिनिएको तुलसीपुर अव पाँच नंवर प्रदेशकै हवाइ ट्रान्जिटका रुपमा पनि विकास हुन सक्ने कलाकारहरुले सुझाएका छन् ।