२०७७ कार्तिक १२ गते बुधवार
२०७७ कार्तिक १२ गते बुधवार

सरकारले निजि क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ : रिजाल

तुलसीपुर, १८ माघ । नीजि अस्पतालहरुको साझा संगठन एसोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन (अफिन) नेपालका केन्द्रीय उपाध्यक्ष हरि रिजालले सरकारले निजि क्षेत्रलाई हेर्ने दृष्टिकोण परिबर्तन गर्नुपर्ने बताएका छन् । विराटनगरमा भएको अफिन प्रदेश नं.१ को दोस्रो साधारणसभालाई सम्बोधन गर्दै दाङ तुलसीपुर निवासी रिजालले यस्तो बताए । ‘निजि क्षेत्रले ६० प्रतिशतभन्दा बढि क्षेत्र ओगटेको छ, निजि क्षेत्रको सहयोगविना सरकारले एक्लै जनतालाई सेवा दिन सक्ने अबस्था छैन’ उनले भने ‘यस्तो अबस्थामा सरकारले सहयोगीको रुपमा लिनुपर्ने हो, तर पनि सरकारले निजि क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउन सकेको छैन्, यसले हरेक क्षेत्रको विकासमा प्रत्येक्ष असर गरिरहेको छ ।’

राप्ती लाईफ केयर हस्पिटल तुलसीपुरका कार्यकारी अध्यक्ष समेत रहेका रिजालले अहिले राज्यले मात्रै स्वास्थ्य सेवा प्रदान गर्न नसकिरहेको अबस्थामा निजी क्षेत्रको सहयोगमा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको भन्दै अब राज्यले निजि क्षेत्रका आवाज सम्बोधन गर्ने कुरामा ध्यान दिनुपर्ने समेत बताए । अहिले नेपालको संबिधानको मर्म र भावना अनुसार सञ्चालित निजि अस्पतालहरुले ग्रामिण क्षेत्रमा समेत सेवा दिदै आएको भन्दै यसले राज्यको स्वास्थ्यको पहुँच अभिबृद्धि कार्यक्रममा महत्वपूर्ण भूमिका निर्वाह भएको समेत बताए ।

अर्को तर्फ अहिले राज्य स्वास्थ्यको नीति निर्माण गर्ने क्रममा समेत अलमलमा रहेको बताए । तीन तहका सरकारले आ–आफ्नै ढंगबाट ब्याख्या गर्ने र तीनै तहका सरकारको विचार नमिल्ने गरेको भन्दै यसले स्वास्थ्य क्षेत्रको सुधारमा असर गर्ने समेत उनको भनाई थियो । ‘स्वास्थ्यको नीति बनाउने कुरामै सरकार अल्मिलिएको छ’ उनले भने‘ प्रदेशले एउटा प्रकारको बिचार राख्छ, केन्द्रले एउटा प्रकारको भनाई राख्छ, यसले स्वास्थ्य क्षेत्रलाई फाईदा गर्दैन, यसमा सरकार गम्भीर बन्नु पर्छ ।’ स्वास्थ्य जस्तो सम्बेदनशील बिषयमा अहिले निजि क्षेत्रका बिषयमा नकारात्मक टिप्पनी गरेर भ्रम छर्ने काम समेत भएको उनले बताए ।