दाङ,१८ माघ । शान्तिनगर गाउँपालिका–७ खैरनीमा भएको ओलीहरुको भेलाले शान्तिनगर, बबई र दंगीशरण गाउँपालिका स्तरिय समाज गठन गरेको छ । ओली बश समन्वय समाज नेपालका अध्यक्ष रेखबहादुर ओलीको अध्यक्षतामा भएको भेलाले गाउँपालिका स्तरिय समाजको संयोजक गठन गरेको हो ।
भेलाले बबई गाउँपालिकाको संयोजकमा भीमबहादुर ओली, शान्तिनगर गाउँपालिकाको संयोजकमा टोपबहादुर ओली र दंगीशरण गाउँपालिकाको संयोजकमा मिनबहादुर ओलीलाई संयोजक तोकेको छ ।
टोपबहादुर ओलीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा कार्यक्रममा प्रदेशसभा सदस्य बिमला ओली, बयोवृद्ध चन्द्रबहादुर ओली, समाजका प्रदेश नं. ५ का अध्यक्ष मिनराज ओली, घोराही उपमहानगरपालिका अध्यक्ष धनबहादुर ओली, समाजसेवी भीमबहादुर ओली, समाजका केन्द्रीय उपाध्यक्षद्धय बेचन ओली र सागर ओलीलगायतले सुभकामना मन्तव्य व्यक्त व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण ओली वंश समन्वय समाज नेपालका जिल्ला सचिव कमल ओलीले गरेका थिए ।