२०८१ माघ २४ गते बिहिवार
२०८१ माघ २४ गते बिहिवार

अम्विकेश्वरी मन्दिरको पुनःनिर्माण सम्पन्न

घोराही, १९ माघ । दाङको प्रसिद्ध धार्मिक स्थल अम्विकेश्वरी मन्दिरको पुनःनिर्माण गरिएको छ । घोराही उपमहानगरपालिका वडा नं. १८ अम्वापुर स्थित मन्दिरको पुनःनिर्माणको काम सकेर पुरातत्व विभागले हस्तान्तरण गरेको छ । पुरानो मन्दिर भत्काएर आकर्षक र कलात्कम ढंगले निर्माण गरिएको मन्दिर शनिबार पुरातत्व विभागले मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण भएको घोषणा गरेको हो ।

अम्विकेश्वरी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमुद पोख्रेलको अध्यक्षता एवं प्रदेशसभा सदस्य अर्जुनकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले ३ करोेड ६१ लख ५९ हजार ७ सय १३ रुपैयाँको लागतमा मन्दिर बनेको जानकारी दिए ।

शनिबार नै क्षमा पूजा, मूर्ती प्रतिष्ठापन समेत गरिएको छ । प्यागोडा शैलीमा रहेको मन्दिर सानु सुवाल निर्माण सेवा भक्तपुरले २०७४ साल देखी निर्माण थालेको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधीहरुले मन्दिरलाई शक्तिपिठ सँगै संस्कृती संरक्षण र मौलिकता कायम राख्नु सबैको दायित्व भएकोमा जोड दिएका छन् ।