तुलसीपुर, १९ माघ । दाङको तुलसीपुरमा जारी महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको उपस्थितीले महोत्सवलाई रोमाञ्चक बनाउँदै लगेको छ ।
यसैक्रममा आईतवार महोत्सवमा चर्चित गायिका कोमल ओली, हाँस्यकलाकार भटभटे माईला, गायक शक्ति चन्द, गायिका अनु गुरुङ, गायक तथा हाँस्य कलाकार मनिष खड्का, मोडेल सरिस्मा मगर, गायिका प्रेरणा पाण्डे लगाएतको प्रस्तुती रहने महोत्सवका सञ्चार संयोजक शरद रेग्मीले जानकारी दिएका छन् ।