२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

बस र हाइस एकआपसमा ठोक्किँदा चार जनाको मृत्यु

सुनसरी, १९ माघ । सुनसरीको तित्रीबनामा बस र हाइस एकआपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ। इटहरीबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको हाइस र इनरुवाबाट इटहरीतिर आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठक्किएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

चार जनाको अहिलेसम्म मृत्यु भईसकेको र मृत्यु हुनेमा एकजना चालक पनि छन् भने बाँकी तीन जनाको नाम, थर खुलेको छैन। अन्य ७ जना घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र घटनाबारे थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ।