२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

पत्रकार गोकर्ण पौडेलमाथि कुटपिट गर्ने दुई जना पक्राउ

हापुरे, १९ माघ । दाङका पत्रकार गोकर्ण पौडेलमाथि हातपात भएको छ । गोरखापत्र दैनिकका दाङ सम्वाददाता समेत रहेका पौडेलमाथि शनिबार कुटपिट गरिएको हो ।

नेपाल पत्रकार महासंघ दाङका सह–सचिव पौडेलमाथि बबई गाउँपालिकाको रेडियो हापुरे नजिक सोही ठाउँका स्थानीय मोहन भण्डारी र सागर सुनारले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको हो । रेडियोवाट निस्केर कोठामा जाने क्रममा एक्कासी आएर उनीहरुले पौडेलमाथि कुटपिट गरेका थिए । कुटपिट गर्ने दुबैजनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

पत्रकारमाथि भएको कुटपिटको घटना प्रति नेपाल पत्रकार महासंघ दाङ शाखाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष सविन प्रियासन र सचिव भूपेन्द्र वलीले आइतवार संयुक्त बक्तव्य प्रकासित गरेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विपरितका घटनाप्रति घोर निन्दा प्रकट गर्ने उल्लेख गरेका छन् ।