२०७९ फाल्गुन ३० गते मङ्गलवार
२०७९ फाल्गुन ३० गते मङ्गलवार

लमहीमा पर्यटन, व्यापारिक तथा कृषि औद्योगिक महोत्सव हुने

लमही, १९ माघ । ‘घुम्न जाऔं देउखुरी’ नारा सहित लमहीमा भ्रमण वर्ष २०२० पर्यटन प्रवर्द्धन ब्यापारिक तथा कृषि औद्योगिक महोत्सब संचालन हुने भएको छ । यही माघ २४ गतेदेखी फाल्गुनको ५ गतेसम्म लमहीको रातोडाँडामा पर्यटन महोत्सबको आयोजना गर्न लागिएको हो । लमहीमा विभिन्न संघ संस्थाको आयोजनामा बर्षै पिच्छे मेला महोत्सब सञ्चालन हुने गर्छ । भ्रमण वर्ष २०२० लाई विशेष टेवा पुय्राउने उद्देश्यले महोत्सबको आयोजना गर्न लागिएको चेम्बर अफ कमर्स लमहीका अध्यक्ष अजय न्यौपानेले जानकारी दिए ।

त्यस्तै स्थानीय ब्यापार प्रवर्द्धनमा बिकास गर्ने, सम्पुर्ण देउखुरी क्षेत्रमा रहेका धार्मिक ऐतिहासिक एवं पुरातात्विक बस्तु तथा स्थानहरूको प्रचार प्रसारमा सहयोग पुय्राउने, स्थानीय कलाकार खोजि गर्ने, स्थानीय उत्पादनलाई बजारीकरण गर्न सहयोग पुग्ने, कृषि घरेलु उद्यम परम्परागत पेशा ब्यवसायको प्रवर्धन गर्दै प्रचार प्रसार गर्ने तथा स्थानीय कला संस्कृतिको संरक्षण र सम्बर्द्धनमा टेवा पुर्याउने उद्देश्यका साथ महोत्सव गर्न थालिएको शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो ।

ठाउँको पहिचानका लागी भएपनि “घुम्न जाऔं देउखुरी” नारा सहित महोत्सव शुरु हुन लागेको आयोजकले जनाएको छ । महोत्सबमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले देउखुरीका पर्यटन तथा धार्मिक स्थलको अबलोकन गर्न चाहेमा गाडीको ब्यबस्था सहित अवलोकन गराईनेछ । देउखुरीलाई केन्द्रीय स्तर सम्म चिनाउन पर्यटकिय स्थलको अबलोकन गराईने आयोजक सँस्थाका अध्यक्ष न्यौपानेले जानकारी दिए ।

महोत्सबमा करिब ३ लाख पर्यटकले अबलोकन गर्ने र ३ करोड रुपैया कारोबार गर्ने आयोजकको लक्ष्य छ । महोत्सबको तयारी तिब्र गतीमा भईरहेको र महोत्सब सकिएको १ हप्तामै पत्रकार सम्मेलन गरि पारदर्शी हिसाब देखाउने आयोजकले प्रतिबद्दता समेत जनाएको छ ।